शुक्रबार, असोज १६, २०७७

शेयर बजार आज केही सकारात्मक, अब के होला?

काठमाडौं, मंसिर १७ : नेप्से परिसूचक ३ दशमलव ७५ अंकले बढेर १११५ दशमलव ७४को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ० दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ। १११२ दशमलव ०७ को विन्दुमा खुलेको दोस्रो बजार १११७ दशमलव ८३ को उच्च विन्दुसम्म पुगेको थियो। 
बजारको न्यून विन्दु ११११ दशमलव १९ रहँदा दिनभरमा २६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। सिद्धार्थ बैंक लिमिटेडको २ करोड ६० लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
घोडिघोडा लघुवित्तका शेयरधनीले आज सर्वाधिक १० प्रतिशतले कमाए भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ५ दशमलव ४१ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि नेप्से ११२० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार बढे पनि ११२० को प्रतिरोधलाई तोड्न असफल रहेको थियो। आज बजार १११५ दशमलव ७४ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा विक्रेताभन्दा पनि चाप रहेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन प्रवृत्तिहीन रहेको बजार आज सकारात्मक रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको पहिलो समयमा खरिदकर्ताको चाप रहे पनि अन्तिम समयमा विक्रेता हाबी रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४९ दशमलव ९३ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ र अर्को तत्कालीन प्रतिरोध १११८ देखि ११२१ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै हालको तत्कालीन  टेवा क्षेत्र ११०७ देखि १११० को क्षेत्रमा रहेको देखिन्छ। 


 

 Published Date: Tuesday, 3rd December 2019 12:14:22 pm