सोमबार, मंसिर २३, २०७६

शेयर बजारमा अन्तिम समयमा क्रेताको चाप

काठमाडौं, मंसिर १५ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ० दशमलव ०७ अंकले बढेर १११२ दशमलव ८५ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ० दशमलव ०१ प्रतिशतले बढेको छ। १११२ दशमलव ८० को विन्दुमा खुलेको दोस्रो बजार १११४ दशमलव ३२ को उच्च विन्दुसम्म पुगेको थियो। कारोबार रकम भने घटेको छ। 

आज बजारको न्यून विन्दु ११०९ दशमलव ९८ थियो। आज २० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नाबिल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नाबिल बैंक लिमिटेडको १ करोड ७५ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ७३ प्रतिशतले कमाए भने घोडिघोडा लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९० प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार हाल बजार ११०७ देखि १११२ क्षेत्रको टेवा नजिक रहेको देखिन्छ भनिएको थियो। आज बजारले यही टेवा क्षेत्रलाई परीक्षण गरिरहेको थियो। आज बजार १११२ दशमलव ८५ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज बजारले डोजी मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। आजको परिमाण भने प्रभावकारी देखिँदैन। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन देखिएको छ। यसले बजारमा विक्रेताको चाप आज कमजोर रहेको संकेत गर्दछ।

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको पहिलो समयमा विक्रेता हाबी रहेको र अन्तिम समयमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५६ दशमलव ९० अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा विक्रेताको चाप बढेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजारले १११० मा टेवा प्राप्त गरि केही सकारात्मक भएको देखिन्छ। यदि नेप्से ११२० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध क्षेत्र ११३० मा रहेको देखिन्छ। त्यस्तै हालको तत्कालीन टेवा क्षेत्र ११०७ देखि १११० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Sunday, 1st December 19:51:05 PM