शुक्रबार, असोज १६, २०७७

शेयर बजारमा आज विक्रेता हाबी

काठमाडौं, मंसिर ५ : कारोबार सुरु भएको आधा घण्टापछि बजारमा विक्रेताको चाप बढी थियो। मन्त्रिमण्डल पुनर्गठनमा अर्थमन्त्री परिवर्तन नहँुदा लगानीकर्ताहरुमा निराशा छाएको देखिन्थ्यो।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७ दशमलव ७४ ले घटेर ११२० दशमलव ६० को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ६९ प्रतिशतकोे गिरावट देखिएको छ। 

११२८ दशमलव ३५ को विन्दुमा खुलेको शेयर बजार ११२८ दशमलव ६९ को उच्च विन्दुसम्म पुगेको थियो।  बजारको न्यून विन्दु १११८ दशमलव १० रहँदा २९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।   

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ४ करोड ३० लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ८ दशमलव २० प्रतिशतले गुमाए।


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार ११२७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ भनिएको थियो। आज बजारले ११२७ को टेवालाई तोडेको छ र बजार ११२० दशमलव ६० को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार आज बजारले टेवा क्षेत्रलाई तोडेको देखिन्छ। आज बजारले वियरिस मैनबत्ती आकृति बनाएको छ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोसम्म प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४२ दशमलव ३० अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेकाले सबै सूचकहरुले सकारात्मक संकेत नदिएसम्म ‘पर्ख र हेर’ को रणनीति अपनाउन उपयुक्त देखिन्छ।

यदि बजार ११२० भन्दा माथि स्थिर नरहेमा बजारले ११०० को अर्को मुख्य तत्कालीन टेवालाई सामना गर्नुपर्ने देखिन्छ। यो आफैमा पनि मनोवैज्ञानिक टेवा क्षेत्र हो। हाल बजारको तत्कालीन प्रतिरोध ११३० मा रहेको देखिन्छ। 

 Published Date: Thursday, 21st November 2019 12:03:16 pm