बुधबार, फागुन ७, २०७६

शेयर बजार आज केही घट्यो

काठमाडाैं, पुस २३ :  साताको  चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ७ दशमलव ३२ ले घटेर १२०९ दशमलव ६० को विन्दुमा बन्द भएको छ। 

दोस्रो बजार ० दशमलव ६० प्रतिशतले घटेको छ। १२१७ दशमलव ७८ को विन्दुमा खुलेको दोस्रो बजार १२२३ दशमलव ६७ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १२०७ दशमलव २७ रहँदा दिनभरमा ७३ करोड ८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम भने घटेको छ।

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै वोमी माइक्रो फाइनान्सको शेयर किनबेच भएको छ। वोमी माइक्रो फाइनान्सको ७ करोड १५ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज समता माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने लुम्बिनी विकास बैंकका शेयरधनीले सर्वाधिक ७ दशमलव ३५ प्रतिशतले गुमाए।

लाभांश गतिविधि 

आज रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ६ दशमलव ५८ प्रतिशत (करसहित) नगद लाभांश नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध चित्र न.ं १ मा देखिए बमोजिम च्यानलको माथिल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ भनिएको थियो। आज नेप्सेले यही प्रतिरोध क्षेत्रलाई सामना गरी बजार केही सच्चिएको छ। नेप्से परिसूचक १२०९ दशमलव ६० को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको बजारले वियरिस मैनबत्ती  आकृति बनाएको छ। यसले बजारमा क्रेताभन्दा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ।

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘डेड क्रस’ बनाएको छ। यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३६ दशमलव ४५ अंकमा रहेको छ। 

आज आरएसआईको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा चित्र नं. १ मा देखिए बमोजिम बजार प्रतिरोध क्षेत्र नजिक देखिन्छ। त्यसैले लगानीकर्ता केही सजग हुनु पर्ने देखिन्छ।

बजार केही सच्चिए पनि हालसम्म निश्चित रुपमा बजार घट्ने संकेत गरेको देखिँदैन। हाल बजारको प्रतिरोध क्षेत्र माथिल्लो प्रवृत्ति रेखा नै हुने देखिन्छ। यदि बजार १२०७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन मुख्य टेवा १२०० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Wednesday, 8th January 18:29:02 PM