बिहीबार, साउन १, २०७७

नेप्से ४.६० अंकले बृद्धि तर पनि लगानीकर्ता अन्योलमा (प्राविधिक विश्लेषण सहित)

काठमाडौं, माघ २९ : साताको  चौथो कारोवार दिन बुधबार नेप्से परिसूचक ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा बन्द भएका छ। दोश्रो बजार ० दशमलव ३४ प्रतिशतले बढेको छ। दोश्रो बजार १३४१ दशमलव ०८ को विन्दुमा खुलेको थियो भने १३५३ दशमलव २९ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजार खुलेको विन्दु नै न्यून विन्दु रहेको छ। आज १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै नागरिक लगानी कोषको शेयर किनबेच भएको छ। नागरिक लगानी कोषको ९ करोड ९७ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज सेन्ट्रल फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने युनाईटेड मोदी हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ३ दशमलव ५४ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार बजार समग्र रुपमा हेर्दा सकारात्मक रहेको र यदि बजार १२४३ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ भनिएको थियो। आज बजार त्यहि प्रतिरोध क्षेत्रलाई सामना गरेर केहि सच्चिएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार बजार हाल ‘एसेन्डिङ्ग ट्रायङ्गल’ को आकृति भित्र उतारचढाब भएको देखिन्छ। यो आकृति प्राय जसो बुलिस प्रकृतिको हुने भए पनि निश्चित दिशा तय गरि सकेको देखिन्दैन। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेको छ। यसले आज बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको संकेत गर्दछ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप कमजोर हुंदै गएको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५१ दशमलब २२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केहि समय सकारात्मक हुन सकने संकेत गरेको छ। 

निश्कर्ष

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले हाल बजार मुख्य  प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ। यदि बजार १३६० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार १३४० भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३३० को क्षेत्रमा रहेको देखिन्छ। 

 Published Date: Wednesday, 12th February 19:26:26 PM