सोमबार, मंसिर २३, २०७६

शेयर बजार लगातार ओरालो बाटोमा 

काठमाडौं, मंसिर ८ : साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १११० दशमलव ०८ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ९४ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११२० दशमलव ६२को विन्दुमा खुलेको थियो भने ११२१ दशमलव ९४ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११०८ दशमलव ७७ थियो। आज २८ करोड ०५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै एनएमबी बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैङ्क लिमिटेडको २ करोड ११ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज नेशनल हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ४ प्रतिशतले कमाए भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले गुमाए।


 

छोटो समयावधिको प्राविधिक बिश्लेषण

अघिल्लो कारोबार दिनको बिश्लेषण अनुसार यदि बजार ११२० भन्दा माथि स्थिर नरहेमा ११०० अर्को मुख्य तत्कालिन टेवाको रुपमा देखिन्छ भनिएको थियो। आज बजारले ११२० को सामान्य टेवालाई तोडेको छ र बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार आज बजारले ११२० को टेवा क्षेत्रलाई पनि तोडेको छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार नकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको कारोबार रकम भने सामान्य रहेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो हंदै गएकोले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलब १८ अंकमा रहेको छ। यसको प्रवृत्तिले ‘बियरिस हिडन डाइभर्जेन्स’ संकेत गरे पछि बजार अझ सच्चिएको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ। 

निश्कर्ष

माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेकोले सूचकहरुले सकारात्मक संकेत नदिएसम्म ‘पर्ख र हेर’को रणनीति अपनाउन उपयुक्त देखिन्छ। हाल बजारको मुख्य तत्कालिन टेवा ११००को क्षेत्रमा रहेको देखिन्छ। यो आफैमा पनि मनोबैज्ञानिक टेवा क्षेत्र हो। बजारको तत्कालिन प्रतिरोध ११२० मा रहेको देखिन्छ। 


 

 Published Date: Sunday, 24th November 19:54:48 PM