बुधबार, असार ३१, २०७७

लघुवित्त, निर्जीवन विमा र म्यूचल फण्डका शेयर बृद्धि

काठमाडौं, माघ २६ : साताको  तेश्रोे कारोवार दिन मंगलबार नेप्से परिसूचक १७ दशमलव ११ अंक अर्थात १ दशमलव २९ प्रतिशतले बढेको छ। 

मंगलबार नेप्से १३४१ दशमलव ३८ को विन्दुमा बन्द भएको छ। आज ट्रेडिङ्ग उपसूचक वाहेक अरु सबै उपसूचकमा बृद्धि भएको छ। सर्वाधिक बृद्धि हुनेमा लघुवित्त, निर्जीवन विमा र म्यूचल फण्ड उपसूचकहरु छन्। यिनीहरुमा क्रमशः ३ दशमलब २, १ दशमलब ५७ र १ दशमलब ५७ प्रतिशतको बृद्धि रहेको  छ। बैंकिङ्ग समूह भने १ दशमलब २७ प्रतिशतले बढेको छ। 

दोश्रो बजार १३२४ दशमलव ३१ को विन्दुमा खुलेको थियो भने १३४२ दशमलव ९१ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजार खुलेको बिन्दु नै न्यून विन्दु रहेको छ। आज १ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बढ्दो बजारमा कारोबार रकम बढेकोले यसलाई सकारात्मक मानिन्छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १५ करोड २० लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज कालीका पावरका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने युनियन हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ०८ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार बजार केहि सकारात्मक हुन सक्ने देखिएको र अर्को तत्कालिन सामान्य प्रतिरोध, चित्र नं. २ मा देखिए बमोजिम च्यानलको माथिल्लो प्रवृति रेखा हुन सक्ने देखिन्छ भनिएको थियो। आज कारोबारको पहिलो समयमा बजार यो प्रतिरोध रेखाभन्दा माथि रहे पनि पछिल्लो समयमा यहि रेखा संगसंगै रहेको देखिन्छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार बजारले ‘एसेन्डिङ्ग ट्रायङ्गल’ को आकृति बनाउन खोजेको देखिन्छ। यो आकृति प्राय जसो बुलिस प्रकृतिको हुने गर्दछ। अन्तिम तीन दिनको मैनबत्तीले बुलिस रिभर्सल ‘मर्निङ्ग स्टार’ को आकृति बनाएको छ। यसले पनि बजार पुन सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको मैनबत्तीलाई परिमाणले पनि समर्थन गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
 
चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज पनि त्यहि अनुरुप निरन्तरता पाएको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ६१ दशमलब १५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केहि समय सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निश्कर्ष

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा सकारात्मक रहेको र यदि बजार १३४३ भन्दा स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ। यसपछि बजारले पुन मुख्य प्रतिरोध १३५० देखि १३६० को क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। त्यस्तै, यदि बजार १३३० भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३२२ को क्षेत्रमा रहेको देखिन्छ। 

 Published Date: Tuesday, 11th February 18:18:50 PM