मंगलबार, असोज १३, २०७७

शेयर बजारमा ७.४९ अंकको वृद्धि, अब नेप्से मुख्य प्रतिरोध क्षेत्र नजिक

काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ ८ :  हाइड्रोपावर सेक्टरमा लगानीकर्ता आकर्षित हुँदा आज पनि दोश्रो बजारमा सकारात्मक प्रवृत्ति देखियो। आज हाइड्रोपावर उपसूचकमा सर्वाधिक ५ दशमलव ३८ प्रतिशतको वृद्धि देखिएको छ। हाईड्रोपावरको हिजोको प्रवृत्तिलाई बजारले आज पनि साथ दिएको छ। सर्वाधिक कमाउने ५ कम्पनीमा सबै हाइड्रोपावर हुनुले पनि यही पुष्टि गर्छ।

आज अपर तामाकोशीको शेयर मूल्यमा लगानीकर्ताको बिशेष चासो देखिएको थियो। तामाकोशीको बजार मूल्य ९ दशमलव ७१ प्रतिशतले वृद्धि हुँदै ५ करोड ५ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज साताको चौथोे कारोवार दिन बुधबार नेप्से परिसूचक ७ दशमलव ४९ले  वृद्धि भएर १३१९ दशमलव ६३ को विन्दुमा पुगेको छ। आज दोश्रो बजार परिसूचकमा ० दशमलव ५७ प्रतिशतकोे वृद्धि देखिएको छ। आज दोश्रो बजार १३१२ दशमलव १४को विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ४७ को उच्च बिन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३१२ दशमलव १४ थियो। आज दिनभरमा ९६ करोड ६६ लाखको शेयर किनबेच भएको छ। 

आजको बजार 

आज सर्वाधिक कारोवार हुने

आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको ६ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ४८ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार  बजार १३१८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुनसक्ने संकेत गरे पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १३२३ मा रहेको भनिएको थियो। आज कारोबार सुरु भएपछि लगभग १ घण्टामै १३२२ दशमलब ४७ को उच्च बिन्दु हासिल गर्न सफल भएको थियो। 

दैनिक मैनबत्ती प्रवृत्ति 
नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिमा देखिएबमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। आजको मैनवत्तीले बजारमा विक्रेताभन्दा क्रेताको चाप बढी देखिएको छ। परिमाण सामान्य रहेको देखिन्छ। नेप्सेको प्रवृत्तिले बजारले उपरान्त मुख्य प्रतिरोध क्षेत्रलाई सामना गर्नुपर्ने देखिन्छ।

५ मिनेट मैनबत्ती प्रवृत्ति
हिजो र आजको कारोबार कस्तो रह्यो भनी हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए)हरुले हालसम्म क्रेताको चाप रहेको देखिन्छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स ५२ दशमलब ०७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयतिर विक्रेताको चाप रहेको र अझ बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्षः माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्र रुपमा हेर्दा बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुनसक्ने संकेत गरेको छ र अर्को तत्कालीन प्रतिरोध १३३५ मा रहेको देखिन्छ। त्यस्तैगरी, बजार १३१६ भन्दा तल रहेमा बजार केही सच्चिनसक्ने संकेत गरे पनि अर्को सामान्य टेवा १३१० मा रहेको देखिन्छ। 

 Published Date: Wednesday, 22nd May 2019 12:59:13 pm