सोमबार, असोज १२, २०७७

शेयर बजार आज सकारात्मक

काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०७६–७७ को बजेट पेश हुने दिन आज बुधबार दोश्रो बजारमा खासै उतारचढाव आएन। पहिलो एक घण्टा बजारले राम्रै उचाई लिएको थियो। त्यसपछि भने खरिदकर्ता र बिक्रीकर्ताको ग्राफ समानान्तर रुपले अघि बढ्यो। 

आज साताको चौथोे कारोबारको दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १३१३ दशमलव ८८ को बिन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ६४ प्रतिशत बृद्धि देखिएको छ। दोश्रो बजार १३०५ दशमलव ४९को बिन्दुमा खुलेको थियो भने १३१५ दशमलव १६ को उच्च बिन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३०५ दशमलव ४९ थियो। दिनभरमा ९० करोड ८ लाखको शेयर किनबेच भएको छ।

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ४० लाख बराबरको शेयर किनबेच भएको छ।

 
आज सर्वाधिक कमाउने र गुमाउने 
आज हिमालयन डिष्ट्रिलरीका शेयरधनीले सर्वाधिक ९दशमलव ९६ प्रतिशत कमाए भने जोशी हाईड्रोपावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ६१ प्रतिशतले गुमाए। 

लाभांस गतिविधि
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांस सहित  ७० प्रतिशत  लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस शेयर बीमा समितिको स्वीकृती र कम्पनीको आगामी साधारणसभा पश्चात वितरण गरिने छ।  

प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी २ अर्ब पुग्ने छ। बीमा समितिको निर्देशन बमोजिम जीवन बीमा कम्पनीको पुँजी २ अर्ब हुनु पर्ने छ।  

प्राविधिक बिश्लेषण

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार १३१० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुनसक्ने देखिएको र तत्कालीन सामान्य प्रतिरोध १३१८ मा रहेको भनिएको थियो। आज नेप्से १३१० भन्दा माथि रहन सफल भए पनि १३१५ मा प्रतिरोध सामना गरेको थियो। आज बजार १३१३ दशमलब ८८ अंकमा बन्द भएको छ। 

दैनिक मैनबत्ती प्रवृत्ति 
दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिएबमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन देखिन्छ। यसले बजारमा लगानीकर्ताहरू अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले क्रेताहरुको सहभागिता सकारात्मक रहेको देखिन्छ। 

५ मिनेट मैनबत्ती प्रवृत्ति 
हिजो र आजको कारोबार कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार आज बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। यसले बजारमा आपूर्तीभन्दा माग बढेको संकेत गरेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए)हरुले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स ६१ दशमलब ३७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निष्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले आज बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १३१६ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र तत्कालीन प्रतिरोध १३२५ मा रहेको देखिन्छ। त्यस्तै, बजार १३१० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १३०० देखि १३०५ को क्षेत्रमा रहेको देखिन्छ। १३०० आफैमा पनि मनोबैज्ञानिक टेवा क्षेत्र हो।

 Published Date: Wednesday, 29th May 2019 12:50:00 pm