सोमबार, असोज १२, २०७७

आजको बजारः हाइड्रोमा लगानीको लर्को, शिवममा ब्रेक

काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ ७ :  हाइड्रोपावर समूहमा लगानीकर्ता आकर्षित हुँदा आज दोश्रो बजारमा सकारात्मक प्रवृत्ति देखियो। आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचकमा सर्वाधिक ५ दशमलव ३४ प्रतिशत वृद्धि देखिएको छ। 

उत्पादन तथा प्रशोधन उपसूचक, अन्य उपसूचक र माईक्रोफाइनान्स उपसूचक बाहेक सम्पूर्ण उपसूचकमा वृद्धि देखिएको थियो। 

हिजोदेखि शिवम सिमेन्टसको शेयर मूल्यमा केही ब्रेक लागेकोमा आज पनि सो क्रमले निरन्तरता दियो। आज शिवमको शेयर मूल्य प्रति कित्ता १० रुपैयाले घटेर बन्द भएको छ। 

अपर तामाकोशीको शेयर मूल्यमा लगानीकर्ताको विशेष चासो देखिएको थियो। आज तामाकोशीको बजार मूल्य ९ दशमलव ८८ प्रतिशतले वृद्धि हुँदै ४ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ। 

बजार खुलेबाट नै सकारात्मक प्रवृत्तिमा थियो। आज बजारले १ बजेको समयमा उच्च बिन्दु कायम गरे पनि त्यसपछि बिक्रीकर्ता हावी भएको देखिन्छ।

आज साताको तेश्रोे कारोवार दिन मंगलबार नेप्से परिसूचक ४ दशमलव ४२ले  वृद्धि भएर १३१२ दशमलव १४ को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ३४ प्रतिशतकोे वृद्धि देखिएको छ। दोश्रो बजार १३०७ दशमलव ७१को विन्दुमा खुलेको थियो भने १३१७ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १३०४ दशमलव ५९ थियो। दिन भरमा ८१ करोड ४४ लाखको शेयर किनबेच भएको छ। 

बजारमा हिजो १ अर्ब माथिको कारोबार हुनु र आज बजार वृद्धि हुँदा कारोबार रकममा गिरावट आउनु त्यति सकारात्मक मानिँदैन ।

आजको बजार

 

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैङ्क लिमिटेडको ८ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले कमाए भने समिट लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ०५ प्रतिशतले गुमाए। 

शेयर सूचीकरण 
हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ शेयर नेपाल स्टक एक्सेञ्जमा सूचीकृत भएका छन्।  

भोलिका प्रमुख गतिविधि 
प्राईम कमर्सियल बैंक लिमिटेडले यही जेठ २६ गते आफ्नो वार्षिक साधारणसभा गर्दै छ।  साधारण सभामा कम्पनीले १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही जेठ ९ गते देखि बुक क्लोज गर्दैछ।  जेठ ८ गते सम्म कायम शेयरधनीले सो साधारण सभामा भाग लिन पाउनुका साथै प्रस्तावित लाभांश पाउने छन्। 

प्राविधिक बिश्लेषण
अघिल्लो कारोबार दिनको निश्कर्ष अनुसार बजार १३१७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत रहेको भनिएको थियो। आज बजार यो क्षेत्रमा पुग्न सफल भए पनि स्थिर रहन सकेन। आज बजार १३१२ दशमलब १४ अंकमा बन्द भएको छ। 

दैनिक मैनबत्ती प्रवृत्ति 
नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए वमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। आजको मैनवत्तीले बजारमा विक्रेताभन्दा क्रेताको चाप केहि बढी देखिए पनि परिमाणले  समर्थन गरेको देखिँदैन। 

५ मिनेट मैनबत्ती प्रवृत्ति
हिजो र आजको कारोबार कस्तो रह्यो भनि हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजार १३१२ को सामान्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ । हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन देखिन्छ। यसले हिजोको विक्रेता चाप कमजोर भएको संकेत गरे पनि बजार निश्चित रुपमा बढी हाल्ने संकेत भने देखिँदैन ।

आज बजार प्रवृत्तिहिन रहेकोले २१ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स ४८ दशमलब ४६ अंकमा रहेको देखिन्छ। आजको यसको प्रवृत्ति सामान्य देखिएको छ।  स्टोकास्टिक अक्सिलेटरले आज बजारमा शेयर बढी विक्री भएको संकेत गरेको र बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्र रुपमा हेर्दा यदि बजार १३१८ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को तत्कालिन सामान्य प्रतिरोध १३२३ मा रहेको देखिन्छ । त्यस्तै गरि टेवा १३०० देखि १३०५ को क्षेत्रमा रहेको देखिन्छ । १३०० आफैमा पनि मनोवैज्ञानिक मुख्य टेवा क्षेत्र हो।  


 

 Published Date: Tuesday, 21st May 2019 11:58:46 am