मंगलबार, भदौ ३, २०७६

लगातार घट्दै आएको शेयर बजारमा केही सुधार

काठमाडौं, असार २९ :  कारोबार रकममा निकै ठूलो गिरावट आएसँगै आइतबार बजार निकै सुस्त थियो।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ० दशमलव ९५ ले वृद्धि हुँदै १२४९ दशमलव ४९ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ०८ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२४८ दशमलव ५३ को विन्दुमा खुलेको थियो भने १२५३ दशमलव ०९ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२४८ दशमलव ५४ थियो। दिनभरमा २८ करोडको ५२ लाखको शेयर किनबेच भएको छ। 

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर किनबेच भएको छ। नागरिक लगानी कोषको २ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज माहुली सामुदायक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९०  प्रतिशतले कमाए भने मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ८ दशमलव २७ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, बजारको तत्कालीन प्रतिरोध १२५३ र तत्कालीन टेवा १२४४ भनिएको थियो। आज पनि बजार यी दुबै क्षेत्रभित्र उतारचढाव हुँदा नेप्से परिसूचक १२४९ दशमलव ४९ अंकमा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम विगत ४ कारोबार दिनदेखि बजार टेवा क्षेत्रमा रहेपनि प्रवृत्तिहीन रहेको छ। आजको परिमाणले बजारमा लगानीकर्ताहरुको सहभागिता कम रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीहरुलाई हेर्दा बजार प्रवृत्तिहीन रहेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ।

आज पनि बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। आज कारोबारको अन्तिम समयमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४५ दशमलव २३ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा क्रेता र विक्रेताको चाप तटस्थ रहेको देखिन्छ।

स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भए पश्चात केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२५५ भन्दा माथि स्थिर रहन सके बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३७ मा रहेको देखिन्छ। 
 
 

 Published Date: Sunday, 14th July 18:18:32 PM