मंगलबार, असार ३, २०७६

शेयर बजार सुस्त, कारोबार ५० करोड रुपैयाँ मुनि 

काठमाडौं, जेठ २८ : नेप्से परिसूचक ० दशमलव १७ को सामान्य अंकले वृद्धि भएर मंगलबार  १२७५ दशमलव ९८ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०१ प्रतिशतकोे वृद्धि देखिएको छ।

दोस्रो बजार १२७५ दशमलव ९९को विन्दुमा खुलेको थियो भने १२८१ दशमलव ३२ को उच्च विन्दुसम्म पुगेको थियो।  बजारको न्यून विन्दु १२७४ दशमलव ८२ थियो। मंगलबार दिनभरमा ४८  करोड ८ लाखको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ३ करोड ७८ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज पाँचथर पावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ५२ प्रतिशतले कमाए भने नेपाल हाइड्रो डेभलोपरका शेयरधनीले सर्वाधिक ९ दशमलव ६१ प्रतिशतले गुमाए। 


साधारण सभा गतिविधि

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ०७४–७५ को वार्षिक साधारण सभा असार १३ गते गर्दैछ।  सभामा  कम्पनीले ८६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाँदै छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि बुक क्लोज गर्दैछ।  बुक क्लोजभन्दा अघिल्लो कारोबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनुको साथै प्रस्तावित लाभांस प्राप्त गर्ने छन्।  

मूल्य सामायोजन गतिविधि 
१२ प्रतिशत बोनस शेयर प्रयोजनार्थ सूर्या लाइफ इन्स्योरेन्सको बजार मूल्य समायोजन भएको छ।

शेयर सूचीकरण 
युनियन हाइड्रोपावरको आईपिओ शेयर नेप्सेमा सूचीकृत भएको छ।

प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारको सामान्य तत्कालीन  प्रतिरोध १२८५ र टेवा १२७० मा रहेको भनिएको थियो। आज बजारको उतारचढाव पनि यही क्षेत्रबीचमा रहेको छ।  आज बजार १२७५ दशमलव ९८ अंकमा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। अन्तिम दिनको मैनबत्तीले बजार पहिलो कारोबार समयमा बढेको र पछिल्लो समयमा बजारमा फेरि गिरावट आएको संकेत गरेको छ। यो मैनबत्ती पनि डोजी आकृतिको हो। यसले आज बजारमा क्रेता र विक्रेताको चाप बराबर रहेको जनाउँछ।

चित्र नं.२ : १५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई १५ मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। केही दिनदेखि विक्रेताको चाप रहेको बजारमा आज भने विक्रेता र क्रेताको चाप बराबर रहेको छ। 

समग्रमा १४ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४० दशमलव ०३ अंकमा रहेको छ। बजारको प्रवृत्ति हेरेर आरएसआई सामान्य रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२८२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। र, अर्को तत्कालीन सामान्य प्रतिरोध १२९० मा रहेको देखिन्छ। त्यस्तै, बजार हाल टेवा क्षेत्रमा रहेको र अर्को तत्कालीन टेवा १२७० मा रहेको देखिन्छ।

 Published Date: Tuesday, 11th June 18:10:58 PM