मंगलबार, असोज १३, २०७७

आज पनि अन्योल अवस्थामै बन्द भयो शेयर बजार

काठमाडाैं, जेठ १४ :  साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ५३ ले वृद्धि भएर १३०५ दशमलव ४९ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव १९ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १३०२ दशमलव ९६ को विन्दुमा खुलेको थियो भने १३०७ दशमलव ०८ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३०० दशमलव ४५ थियो। दिनभरमा ७५ करोड ६८ लाखको शेयर किनबेच भएको छ।

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १६ करोड ४४ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज ज्योति विकास बैंकका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने माउन्टेन हाइड्रोका शेयरधनीले सर्वाधिक ६ दशमलव ६६ प्रतिशतले गुमाए। 


शेयर सूचीकरण 

आज रिलायन्स फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।   

बुक क्लोज गतिविधि 

५ दशमलव ५० प्रतिशत बोनस शेयरको प्रस्तावसहित देवः विकास बैंकले वार्षिक साधारण सभा गर्न असार ६ गतेदेखि बुक क्लोज गर्ने भएको छ। असार ५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस प्राप्त गर्नुका साथै साधारण सभामा भाग लिने सक्ने छन्।  

प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार आज पनि नेप्से १३०० को मनोवैज्ञानिक टेवा क्षेत्रभन्दा माथि नै रहेको छ। आज बजार १३०५ दशमलव ४९ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको मैनबत्तीले नेप्से केही बढेको संकेत गरे पनि बजार समग्रमा अन्योल देखिएको छ। आजको परिमाणले बजारमा क्रेता र विक्रेताको सहभागितामा वृद्धि भएको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार आज पनि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गर्दछ।

बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५८ दशमलव ८० अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक क्षेत्रमा भए पनि बजार बढी हाल्ने संकेत भने निश्चित रुपमा देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। हालको सामान्य प्रतिरोध १३०७ मा रहेको देखिएको छ।  समग्रमा हेर्दा यदि बजार १३१० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ।

तत्कालीन सामान्य प्रतिरोध १३१८ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२९८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन  टेवा १२८५ मा रहेको देखिन्छ।

 Published Date: Tuesday, 28th May 2019 11:54:24 am