शनिबार, साउन ४, २०७६

शेयर बजार आज पनि १३०० को मनोवैज्ञानिक प्रतिरोधमाथि

| तस्वीर:फाइल फोटो

काठमाडौं, वैशाख ३१ : कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १३०१ दशमलव ३४ विन्दुमा खुलेको थियो भने १३२१ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो। न्यून विन्दु १३०० दशमलव ९६ थियो भने बजार १२१५ दशमलव ४५ मा बन्द भएको थियो।

यो अघिल्लो दिनभन्दा १४ दशमलव १२ अंक अर्थात १ दशमलव ०८ प्रतिशतको वृद्घि हो। आज दिनभरमा १ अर्ब ३ करोड ७२ लाख बराबर रकमको कारोबार भएको थियो।

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने भनिएको थियो। र, आज बजार त्यही अनुरुप सकारात्मक भएको देखिन्छ।
 
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकाले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जनाउँछ। दुई कारोबार दिन अघि मैनबत्तीको हतौडा आकृति र बुलिस मैनबत्ती आकृति पछि आज बजार अझ सकारात्मक देखिएको छ। आजको मैनबत्तीले पनि बजारमा क्रेताको चाप रहेको र परिमाणले पनि समर्थन गरेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएता पनि आज कारोबार खुला भएको केही समयमै प्राविधिक समस्याका कारण बजारको प्रवृत्ति साढे १ बजेदेखि मात्रै सञ्चालनमा आएको थियो। त्यसैले नेप्से प्रवृत्तिको पूर्ण रुपमा तथ्यांक उपलब्ध हुन नसकेकाले अरु प्राविधिक सूचकहरुलाई समाबेश गरिएको छैन र उपलब्ध बजार प्रवृत्तिको आधारमा मात्र बजार विश्लेषण गरिएको छ। 

आज बजारले १३०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्न सफल भएको छ र १२२३ को प्रतिरोधलाई भने तोड्न असफल रहेको देखिन्छ। १३०० को प्रतिरोध अब टेवामा परिणत भएको छ। 

निष्कर्ष 

प्राविधिक सूचकहरुबाहेक माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरुको आधारमा यदि बजार १३२५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। त्यस्तै, बजारको सामान्य टेवा १३१२ मा रहेको देखिन्छ। 


 

 Published Date: Tuesday, 14th May 16:39:22 PM