आईतबार, असोज ५, २०७६

शेयर बजार फेरि ओरालो लाग्यो

काठमाडौं, जेठ २९ : शेयर बजार पुनः ओरोलो लागेको छ। मंगलबार झिनो अंकले सुधार देखिएको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पुनः ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५० विन्दुले घटेर एक हजार २७२.४८ अंकमा पुगेको छ।

ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अंकमा पुगेको छ। स्टकका अनुसार बुधबार कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँमा खरीद बिक्री भए। कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ । 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा  १२७० मा रहेको भनिएको थियो। आज बजारले यो टेवालाई परीक्षण गरिरहेको देखिन्छ। बजार बुधबार १२७२ दशमलव ४८ मा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजार समग्रमा घट्दो प्रवृत्तिमा रहेपनि अन्तिम एक घण्टाको समयमा बजार केही बढेको छ।

तर, हालसम्म बजार बढी हाल्ने भन्ने बलियो संकेत भने दिएको देखिँदैन। आजको परिमाणले समग्रमा बिक्रेता हाबी रहेको संकेत गरेको छ। तर, अघिल्लो कारोबार दिनहरुभन्दा बिक्रेताको चाप कम भएको देखिन्छ। यो बजारका लागि सकारात्मक मानिन्छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। नेप्सेको प्रवृत्तिले बजार हाल घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हाल प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६५ दशमलव ०२ अंकमा रहेको छ।यसले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।

निष्कर्ष

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुका आधारमा  बजारको तत्कालीन प्रतिरोध १२७५ मा देखिएपनि यदि बजार १२७८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ। यदि, बजार १२६७ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ। 

 Published Date: Thursday, 13th June 02:16:59 AM