शनिबार, माघ ११, २०७६

नेप्सेको सबै उपसूचकमा १ प्रतिशतभन्दा बढिले बृद्धि 

काठमाडौं, पुस २७ : साताको  पहिलो कारोवार दिन आईतबार सबै नेप्सेको उपसूचकहरुमा १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ। 

सबै समूह बृद्धि हुनुलाई शेयर बजारमा सकारात्मक मानिन्छ। सर्बाधिक बृद्धि हुनेमा निर्जीवन बिमा, जीवन बिमा र लघुबित्तमा रहेको छ। यी समूहमा क्रमशः ८ दशमबल १७, ६ दशमलब ८६ र ६ दशमलब ५५ प्रतिशतको बृद्धि रहेको छ। 

आज नेप्से   परिसूचक ४२ दशमलव ६१ले बढेर १२५५ दशमलव ७२को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ३ दशमलव ५१ प्रतिशतले बढेको छ। दोश्रो बजार १२१३े दशमलव १९ को विन्दुमा खुलेको थियो भने १२५५ दशमलव ७२ को उच्च विन्दु सम्म पुगेको थियो। 

बजार खुलेको विन्दु र न्यून विन्दु, त्यस्तै गरि बन्द भएको विन्दु र उच्च बिन्दु एकै रहेकोले यसलाई सकारात्मक मानिन्छ। यसले अर्को कारोबार दिनको पहिलो समयमा बजार बढ्न सक्ने सम्भावना रहन्छ। 

आज १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम बढेको छ।  बजार बढ्नु र कारोबार बढ्नुलाई पनि सकारात्मक मानिन्छ। यसले बजारमा क्रेताको सहभागिता बढेको संकेत गर्दछ।  

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाईफ इन्योरेन्सको ५ करोड ८८ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज ७ कम्पनीहरुका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाएका छन। सर्वाधिक कमाउने कम्पनीहरु प्रभु इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, प्रिमियर इन्स्योरेन्स, मेरो माईक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन। 

माउन्टेन हाईड्रो नेपालका शेयरधनीले सर्वाधिक २ दशमलव १५ प्रतिशतले गुमाएका छन।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार माथिल्लो प्रवृत्ति रेखा प्रतिरोधको रुपमा रहे पनि यदि बजार १२२५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १२४० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले यो प्रतिरोधलाई तोढ्न सफल रहेको र १२५० को मुख्य प्रतिरोधभन्दा माथि बजार बन्द भएको छ। नेप्से परिसूचक १२५५ दशमलब ७२ को बिन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध १२५० भन्दा माथि रहेको छ। आज नेप्सेले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। यसले अर्को कारोबार दिनको पहिलो समयमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले मैनबत्तीलाई समर्थन गरेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवत्तिहिन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले ‘गोल्डन क्रस’ बनाए पछि बजार बढी रहेको र क्रेताको चाप रहेको देखिन्छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ८० दशमलब ८९ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको  प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निश्कर्ष 

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा यदि बजार १२५० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन प्रतिरोध १२७० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्दछ। 

 Published Date: Sunday, 12th January 18:24:20 PM