मंगलबार, साउन २७, २०७७

आज नेप्सेमा ७ दशमलब ०५ अंकको गिरावट

काठमाडौं, माघ ८ : साताकोे चौथो कारोवार दिन बुधबार नेप्सेको जीवन विमा उपसूचकमा बाहेक अरु सबै समूहमा गिरावट रहेको छ। 

जीवन विमामा २ दशमलब ३२ प्रतिशतले बृद्धि भएको छ। त्यस्तै गरि सबैभन्दा बढी हाईड्रोपावर र ट्रेडिङ्ग समूहमा क्रमशः १ दशमलब ५३ र १ दशमलब ३७ प्रतिशतको गिरावट रहेको छ। 

नेप्से परिसूचक ७ दशमलव ०५ अंकले घटेर १३१३ दशमलव ४२ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ० दशमलव ५३ प्रतिशतले घटेको छ । दोश्रो बजार १३२४ दशमलव ३२ को विन्दुमा खुलेको थियो भने १३२५ दशमलव ७० को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३१० दशमलव ६५ थियो। आज १ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने 

जनता बैंङ्कसंग मर्जर प्रकृयामा रहेको ग्लोबल आईएमई बैङ्कको कारोबार लामो समयदेखि रोकिएको थियो र यहि गत सोमबारदेखि कारोबार खुलेको ग्लोबल आईएमई बैङ्कको सबै भन्दा धेरै शेयर किनबेच भएको छ। ग्लोबल आईएमई बैङ्क लिमिटेडको ६१ करोड १२ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज एसियन लाइफ इन्योरेन्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ४७ प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ८ दशमलव ७० प्रतिशतले गुमाए। 

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिन गरिएको विश्लेषणको निश्कर्ष अनुसार  बजारको तत्कालिन प्रतिरोध १३३२ र तत्कालिन टेवा १३०८ भनिएको थियो। आज पनि बजार यी दुबै क्षेत्र भित्र सिमित रहि उतारचडाब भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि केहि सच्चिएको देखिन्छ। आज बजारले बियरिस मैनबत्तीको आकृति बनाएको छ। यसले बजारमा विक्रेता हावी रहेको संकेत गर्दछ।   

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार प्रवृत्तिहिन रहेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। 

बजार प्रवृत्तिहिन रहेकोले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलब ५४ अंकमा रहेको छ। यसले दिएको संकेत हाल बजार सामान्य रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा विक्रेताको चाप केहि समय हुन सक्ने संकेत गरेको छ।  

निश्कर्ष 

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १३२५ भन्दा स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १३३२ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै यदि बजार १३०८ भन्दा तल स्थिर रहेमा बजार केहि नकारात्मक क्षेत्रमा हुन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ। 

 Published Date: Wednesday, 22nd January 18:21:57 PM