शुक्रबार, असोज १६, २०७७

शेयर कारोबारको अन्तिम आधा घन्टामा खरिदकर्ताको चाप

काठमाडौं, मंसिर २२ : साताको पहिलो कारोवार दिन आइतबार बजार पहिलो समयमा घटे पनि अन्तिम समय २ बजेर ३० मिनेट पछि क्रेताहरु आक्रामक रुपमा रहेको देखियो।

आज नेप्से परिसूचक ३ दशमलव ४५ अंकले बढेर ११३५ दशमलव ३७को विन्दुमा बन्द भएको छ । दोश्रो बजार ० दशमलव ३१ प्रतिशतले बढेको छ । दोश्रो बजार ११३१ दशमलव ९२ को विन्दुमा खुलेको थियो भने ११३५ दशमलव ३८ को उच्च विन्दु सम्म पुगेको थियो। कारोवार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ। 

अन्तिम विन्दु र उच्च विन्दु लगभग बरावर भएकोले यसले प्राय सकारात्मक संकेत गर्दछ र अर्को कारोबार दिनको पहिलो समयमा बजार केहि बढ्न सक्ने सम्भावना रहन्छ। 
आज बजारको न्यून विन्दु ११२५ दशमलव ८२ थियो। आज २८ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।   

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ। नेपाल लाईफ इन्योरेन्सको २ करोड १३ लाख बराबरको संस्थापक शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज कञ्चन डेभलपमेन्ट बैङ्कका शेयरधनीले सर्वाधिक ७ दशमलव १० प्रतिशतले कमाए भने नेशनल माईक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक ३ दशमलव ८४ प्रतिशतले गुमाए।


लाभांश गतिविधि अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको संचालक समितिले ७ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनका लागि ० दशमलब ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरि आगामी बाईसौं बार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ।

छोटो समयावधिको प्राविधिक बिश्लेषण

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हाल बढेर प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आज बजारले ‘ह्याङगिङ्ग मेन’को मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारको प्रवृत्तिमा परिवर्तन हुन संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हन्छ। आजको परिमाण घटेकोले अन्तिम दिनको मैनबत्तीलाई यसले समर्थन गरेको देखिन्दैन।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तिन कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुुई कारोबार दिनदेखि बढ्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेकोे देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको अन्तिम समयमा ‘गोल्डन क्रस’ बनाएकोले बजार केहि बढ्न सक्ने संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ८६ दशमलब ३७ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।  

निश्कर्ष  

माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरे पनि यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार ११२५ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने देखिन्छ। 

 Published Date: Sunday, 8th December 2019 12:42:04 pm