मंगलबार, कात्तिक २६, २०७६

शेयर बजार अन्योल अवस्थामा, अब के होला?

काठमाडौं, असोज ३० : साताको अन्तिम कारोवार दिन विहिबार नेप्से परिसूचक ० दशमलव ७१ अंकले बढेर ११३७ दशमलव ७५ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ०६ प्रतिशतकोे बृद्धि देखिएको छ। दोश्रो बजार ११३७ दशमलव ०४ को विन्दुमा खुलेको थियो भने ११४० दशमलव ३९ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११३५ दशमलब ४५ थियो। आज १८ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

हिजोको कारोबारमा सर्वाधिक प्रभु बैंकको शेयर किनबेच भएको थियो भने आज पनि सबै भन्दा धेरै प्रभु बैंकको शेयर नै किनबेच भएको छ। प्रभु बैंकको १ करोड ९९ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज सानिमा इक्वीटी फण्डको सर्वाधिक ८ प्रतिशतले बृद्धि भएर प्रति इकाई ९ दशमलब ३१ कायम भएको छ। माहुली सामुदायकि लघुवित्तका शेयरधनीले सर्वाधिक ६ दशमलव २५ प्रतिशतले गुमाएका छन्।

प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार बजारको सामान्य टेवा ११३५ मा रहेको भनिएको थियो। आज बजार प्राय यहि क्षेत्र नजिक रहेको थियो।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल बजार माथिल्लो प्रवृत्ति रेखाको क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको  संकेत गर्दछ। आजको परिमाण भने सामान्य रहेको देखिन्छ।


चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहिन रहेको देखिन्छ।

बजार प्रवृत्तिहिन रहेकोले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु प्रभावकारी देखिन्दैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५३ दशमलब ९२ अंकमा रहेको छ। यसको प्रवृत्तिले सकारात्मक संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले भने कारोबारको अन्तिम समयमा शेयर बढी खरिद भएको र केहि सच्चिन सक्ने संकेत गरेको छ।

निश्कर्ष  

माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। त्यसैले समग्रमा हेर्दा हिजोको निश्कर्ष नै आज पनि लागु हुने देखिन्छ। यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार  केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ।। त्यस्तै, यदि बजार ११३५ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने  देखिन्छ। 
 

 Published Date: Thursday, 17th October 18:05:48 PM