बिहीबार, माघ १६, २०७६

बंगलादेशी खेलाडीलाई हराउँदै जुडोमा पुनमले जितिन् स्वर्ण

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। 

सोमबार भएको महिला ७८ केजी तौल समूहको प्रतिस्पर्धामा पुनमले स्वर्ण पदक जितेकी हुन्।  स्वर्ण जित्ने क्रममा पुनमले बंगलादेशकी फरिना खानोमलाई पराजित गरेकी हुन्।

योसँगै नेपालले जारी सागमा स्वर्णको संख्या ४८ पुर्‍याएको छ। 
 

 Published Date: Monday, 9th December 17:22:59 PM