बिहीबार, माघ १६, २०७६

नेपाल र गौतमसँग प्रचण्डको एक्लाएक्लै छलफल

काठमाडौं, मंसिर २३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमसँग एक्लाएक्लै छलफल गरेका छन्।

आज बिहानै नेकपा वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका थिए। प्रचण्ड र नेपालबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएको जनाएको छ।

नेपाल बाहिरिने वितिक्कै अर्का नेता वामदेव गौतम पनि आज बिहान खुमलटार पुगेका हुन्। प्रचण्ड र गौतमबीच पनि एक्लाएक्ल छलफल भएको जनाएको छ। गौतमसँगै नेकपा नेता जनार्दन शर्मा पनि खुमलटार पुगेका थिए। प्रचण्ड र गौतमबीच केहीवेर शर्मासँगै र केहीवेर एक्लाएक्लै छलफल भएको जनाएको छ।

आइतबार पनि प्रचण्ड र नेपालबीच खुमलटारमा छलफल भएको थियो। उनीहरुको छलफलका विषयमा भने केही खुलाएको छैन। प्रचण्ड र गौतमबीच पार्टी एकीकरण र अन्य समसायिमक विषयमा छलफल भएको जनाएको छ।

नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यसयता प्रचण्डले सचिवालय बैठक बोलाउन थालेका छन्। आज मध्याह्न १ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकबारे नै प्रचण्डले नेताहरुसँग छलफल गरेको उनकाे सचिवालयले जनाएको छ।

आज बस्ने नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली भने उपस्थित नहुने जनाएको छ। उनी पूर्ण रुपमा स्वस्थ्य नभएकाले बालुवाटारभन्दा बाहिर जाने गरेका छैनन्।

 Published Date: Monday, 9th December 11:42:11 AM