मंगलबार, कात्तिक २६, २०७६

प्रवेशपत्रमा कडाइ गर्ने सहमतिपछि एनआरएनएको मतदान सुरू

मतदानका लागि लामवद्ध एनआरएनए प्रतिनिधि।

काठमाडौं, असोज ३० : धाँधली गरेको आरोप लागेपछि स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन पुनः सुरू भएको छ।

कुमार पन्त पक्षले धाँधली गरेको भन्दै कुल आचार्य पक्षले विरोध जनाएको थियो। जसले गर्दा आधा घण्टा मतदान रोकिएको थियो। परियचय पत्रविनानै मतदानमा सामेल गराएको भन्दै आचार्य पक्षले नाराबाजी गरेको थियो।

अध्यक्षका प्रत्यासी आचार्यका अनुसार अहिले परिचयपत्रविना प्रवेश निषेध गर्ने सहमति भएको छ। सहमतिपछि मतदान हुन थालेको छ। ‘हामीलाई हिजोदेखिनै शंका लागेको थियो। सबै हतकण्डा अपनानाएर चुनाव जित्न खोजिदै छ,’ आचार्यले भने।

परिचयपत्र, राहदानी कडाइका साथ हेर्ने र परिचपत्र नभएकालाई प्रवेश गर्न नदिने सहमति भएको जनाएको छ।

याे पनि पढ्नुस् :

धाँधली र हुलदङ्गापछि एनआरएनएको मतदान फेरि स्थगित

मध्यरातमा हायात हाेटलमा ताेडफाेड

 

 Published Date: Thursday, 17th October 12:41:13 PM