मंगलबार, कात्तिक २६, २०७६

धाँधली र हुलदङ्गापछि एनआरएनएको मतदान फेरि स्थगित

काठमाडौं, असोज ३० : धाँधली र हुलदङ्गा हुन थालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन फेरि स्थगित भएको छ।

आज बिहान १० बजेदेखि मतदान मतदान सुरू भएको थियो। तर, सत्ताको आडमा कुमार पन्त समूहले धाँधली गरेको भन्दै कुल आचार्य समूहले विरोध जनाएको छ।

जसले पनि मतदान गरिररहेको, परिचयपत्र नहेर्ने गरेको आचार्य समूहको आरोप छ। पन्त समूहले जसरी पनि चुनाव जित्न खोजेको भन्दै आचार्य पक्षले विरोध जनाएको छ।

दुवै पक्षले विरोध गर्न थालेपछि केहीवेर हुलदङ्गा भएको छ। जसले गर्दा एनआरएनको मतदान स्थगित भएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएको सम्मेलन उद्घाटन गरेकी थिइन्। बुधबार निर्वाचन हुने कार्यतालिका रहेको थियो।

तर, बुधबार दुवै पक्ष प्रदर्शन र तोडफोडमा उत्रिएपछि मतदान हुन सकेको थिएन्। गएराति मतदान स्थगित गरिएको थियो।

बुधबार मध्यरातमा हायात होटल परिसररमा तोडफोड भएपछि आज कडा सरक्षाबीच मतदान सुरू भएको थियो।

विद्युतीय भोटिङ मेसिनले काम नगरेपछि मतपत्रको प्रयोग गरिएको छ। मतदान गर्न हायात होटल परिसरमा मतदाता लामबद्ध भएका छन्।

झन्डै २५ सय प्रतिनिधिले चुनावमार्फत नयाँ नेतृत्व चयन गर्ने छन्। अध्यक्षमा कुल आचार्य र कुमार पन्त प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन ।

आज बिहान १० बजेदेखि सुरू भएको मतदान फेरि हुलदङ्गा हुन थालेपछि स्थगित भएको हो। पन्त समूहले धाँधली गरेको भन्दै आचार्य समूहले मतदान बहिस्कार गरेको छ।

 Published Date: Thursday, 17th October 12:13:01 PM