बिहीबार, असोज ३०, २०७६

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, असोज ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। 

कांग्रेसले असोज १० गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी बैठक बोलाइएको जानकारी दिएका छन्। 

बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार बैठकमा  तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा पनि छलफल हुनेछ। कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान असोज ७ गते सकिँदै छ। 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
 

 Published Date: Sunday, 22nd September 16:14:43 PM