शुक्रबार, असोज १६, २०७७

१५ दिनभित्र लाभ कर चुत्ता गर्न एनसेललाई सरकारको पत्र

काठमाडौं, मंसिर २२ : ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ।

उक्त कर रकम चुत्ता गर्न कार्यालयले १५ दिनको समय दिएको छ । ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीकाका अनुसार १५ दिनभित्र २२ अर्ब ४४ करोड ५३ लाख रुपैया चुत्ता गर्न लिखित पत्र आईतबार बझाइएको छ।

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ करतिर्न पत्र बुझाएको थियो । तर त्यसविरुद्ध एनसेलले सर्वोच्च कर निर्धारण नमिलेको भन्दै रिट दायर गरेको थियो। अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरेको थियो। सर्वोच्चको फैसलापछि एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैया कायम भएको हो। 

फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको अधिकारीले बताए । 
 

 Published Date: Sunday, 8th December 2019 10:45:54 am