मंगलबार, असार ३, २०७६

नेविसंघका दुवै समूहबीच कांग्रेस कार्यालयमा झडप

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको छ ।

नेविसंघमा ३२ वर्षे हदबन्दीका विषयमा भएको विवादपछि दुई समूहबीच झडप भएको जनाएको छ । निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्याथी नेताहरु उमेर दह लगाउनु पर्ने पक्षमा छन भने अन्य विद्यार्थी नेता विपक्षमा छन् ।

आज दुवै समूहले कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको छ । झडपमा दुवै पक्षका विद्यार्थी घाइते भएका छन् ।

 Published Date: Sunday, 24th February 14:08:04 PM