बिहीबार, माघ १६, २०७६

भारतीय खेलाडीलाई हराउँदै बक्सिङमा मिनुले जितिन् स्वर्ण

| तस्वीर:रिवाज राई

काठमाडौं, मंसिर २३ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन्।

सोमबार भएको ५४ केजी तौल समूहको स्पर्धामा भारतीय बक्सर शिक्षालाई हराउँदै मिनुले स्वर्ण पदक जितेकी हुन्। 

 यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो। सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए। त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो।

योसँगै नेपालले जारी सागमा स्वर्ण पदकको संखया ४६ पुर्‍याएको छ।

 Published Date: Monday, 9th December 15:24:31 PM