शुक्रबार, असोज १६, २०७७

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल फोटो

काठमाडौं, मंसिर २३ : अस्पतालबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओली मंसिर १० गते त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोसिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको शल्यक्रिया गरिएको थियो।

नौ दिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री ओलीले केही दिन बालुवाटारमा आराम गरेका छन्। केही सहज भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज अपराह्न ४ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बस्नेछ। उनी बिरामी भएयता मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन।

 

 Published Date: Monday, 9th December 2019 4:29:40 am