बिहीबार, असोज ३०, २०७६

धानमन्त्रीको निर्देशन- जनतालाई सरकारका कामबारे बुझाउनु

| तस्वीर:फाइल

काठमाडौं, असोज ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंतिहारमा जिल्ला जाँदा सरकारका कामबारे जनतालाई जानकारी गराउन निर्देशन दिएका छन्। 

शनिबार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारका कामकारवाहीबारे जनतालाई जानकारी गराउन सांसदहरुलाई निर्देशन दिएका हुन्। 

‘परिवर्तन विरोधीहरुले सरकारबारे जनतामा भ्रम छर्ने काम गरेका छन्,’ उनले भने,‘माननीयज्यूहरुले दशैतिहारमा जिल्ला जाँदा सरकारका कामबारे जनतालाई यथार्थ जानकारी गराउनु होला।’

उनले सरकारले विकास र कानून निर्माणमा आफ्नो ध्यान केन्द्रीत गरिरहेको सन्देश जनतामाझ पुर्‍याउन आवश्यक रहेको बताएका थिए। 
 

 Published Date: Saturday, 21st September 17:00:17 PM