बिहीबार, असोज ३०, २०७६

संघीयता फेल गराउछु भनेर कसैले नसोचे हुन्छः मुख्यमन्त्री पौडेल

| तस्वीर:फाइल

धुलिखेल, असोज ५ :  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संघीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन्। 

स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संघीयता कसैले भन्दैमा खारेज नहुने बताएका हुन्।

‘संघीयतालाई  कसैले फेल गराउछु भनेर नसोचे हुन्छ, हामी संघीयतालाई बलियो बनाउँदै संस्थागत बनाउन दृढताकासाथ लागेका छौं,’ उनले भने।

मुख्यमन्त्री पौडेलले संघीयतालाई बलियो बनाएर संस्थागत गर्ने जिम्मेवारी निर्वाचित जनप्रतिधिको रहेको बताए।

मुख्यमन्त्री पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने बताए। ‘जसरी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले केही गरेन भनेर गलत प्रचारप्रसार, ‘ब्याकबाइटिङ’ भएको छ, त्यसबाट जोगिन तपाई–हामी सतर्क रहनुपर्छ,’ उनले भने। जनप्रतिनिधिले गल्ती नगरेको अवस्थामा कोही कसैसँग नडराउनुपर्ने उनको भनाइ छ।

उनले सरकारको विरोध गर्नेलाई सरकारले के गर्‍यो नभई के गरेन भनेर प्रश्न गर्न आग्रह गरे। ‘हामी तीनै तहका सरकारसँग समन्वय गरी काम गर्दैछौँ, अबका वर्षमा विकास निर्माणका काम मात्रै देख्नुहुनेछ, सरकारले के गर्‍यो हैन, के गरेन भने सोध्नुस्’, उनल् भने। 

उनले प्रदेश सरकारले बनाउनुपर्ने ९९ कानूनमध्ये ४५ बनाइसकेको बताए।
 

 Published Date: Sunday, 22nd September 17:34:23 PM