शुक्रबार, कात्तिक १, २०७६

दशैंका लागि टिकट बुकिङ सुरू, पहिलो दिनमै घुइचो

काठमाडौं, असोज ५ : दशैंका लागि आजदेखि टिकट बुकिङ सुरू भएको छ। आज बिहानैदेखि टिकट बुकिङ गर्नेको घुइचो लागेको छ।

टिकट बुकिङ सुरू भएसँगै बिहान ६ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुको घुइचा लाग्न थालेको हो। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीको संयुक्त बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। भदौ २६ गते भएको निर्णयअनुसार, टिकट बुकिङ सुरू भएको जनाएको छ।

यस पटक गाडी भाडा भने बढेको छैन। यातायात व्यवसायीले भाडा बढाउन माग गरेपनि यातायात व्यवस्था विभागले दशैंको मुखमा भाडा बढाउन मानेको थिएन।

पूरानै भाडादरमा टिकट बुकिङ खुला गरिएको हो।

यस्तो छ देशभरको भाडादर (गत वर्ष तोकिएको) :

 Published Date: Sunday, 22nd September 11:21:11 AM