मंगलबार, कात्तिक २६, २०७६

विप्लवका दाजुसहित पक्राउ परेका यि हुन नेकपाका २१ नेता

| तस्वीर:फाइल फोटो

दाङ, असोज ३० : नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ नेतालाई गएराति प्रहरीले नेपाल–भारत सीमा क्षेत्रको जंगलबाट पक्राउ गरेको छ।

गएराति पक्राउ परेका २१ जनाकै नाम प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, पक्राउ पर्नेमा नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज एवं मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, राप्ती ब्युरो ईन्चार्ज केशवबहादुर बाँठा मगर ‘सुवास’, राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल र राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर’ रहेका छन्।

त्यस्तै, युवा संगठन नेपाल केन्दीय अध्यक्ष बविन केसी ‘पाटन जंगली’, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल ‘विक्रम’, जिल्ला सेक्रेटरी प्रदीप वली पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनिल पौडेल,  एकराज चौधरी, धनबहादुर बोहोरा ‘महान’, तिलक पुन (पूर्वजनमुक्ति सेना) र सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष) रहेका छन्।

यसैगरी, हितप्रसाद रोका, पोष्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा
र कुलबहादुर ओली पक्राउ परेका छन्।

उनीहरूबाट हातहतियार र विस्फोटक पदार्थ पनि बरादम गरेको जनाएको छ। राजपुर गाउँपालिका–४ स्थित मरेठा जंगलमा बैठक चलिरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो।

उनीहरुलाई गएराति १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सबै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

याे पनि पढ्नुस् :

विप्लवका दाजु वीरजङ्गसहित २१ नेता पक्राउ

 Published Date: Thursday, 17th October 13:08:33 PM