आईतबार, असोज ५, २०७६

चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजिङ’ सार्वजनिक

काठमाडौं, फागुन १२ : चौधरी ग्रुपले आफ्नो नयाँ उत्पादन ‘माल्टोजिङ’ सार्वजनिक गरेको छ ।

चौधरी ग्रुप अन्तर्गतको बि.एल.सी. होल्डिङ्सअन्तर्गतको ‘इन्सट्यान्ट मिल्स प्रा. लि.’ को उत्पादन र प्रबद्र्धनमा यस उत्पादनलाई बजारमा ल्याएका हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीले ‘माल्टोजिङ’ सार्वजनिक गरेका हुन्

अहिले बजारमा विद्यमान विभिन्न खालका ब्राण्डभन्दा माल्टोजिङ २५ रुपैयाँ सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने कम्पनीका सिइओ होम न्याउपानेले बताए । उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने अभिप्रायले उत्पादन गरिएको हो । साथै मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएकाले यसको प्रयोगले नेपालको कुपोषणको समस्यालाई केहि हदसम्म घटाउँन सहयोग पुग्ने उनको भनाइ छ ।

अहिले क्यालासिक माल्ट र चकलेटको स्वादमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । नेपालमा विद्यमान कुपोषणको समस्यालाई केहि हदसम्म घटाउन यसको प्रयोगले सहयोग गर्ने अपेक्षा रहेको कम्पनीका कार्यकारी निर्देशक पारश शाक्यले बताए ।

 

 Published Date: Sunday, 24th February 13:12:22 PM