बिहीबार, असोज ३०, २०७६

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

काठमाडौं, असोज ४ : नेकपाका उपाध्यक्ष बामदेव गौतम कास्की २ बाट चुनाव नलड्ने भएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा गौतमले आफु कास्की–२ को उपचुनावमा नलड्ने प्रस्ताव राखेका छन्। 
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले भने चुनाव लढ्न सुझाव दिएको स्रोतको दावी छ। 

याे पनि : उपनिर्वाचन : वामदेवको इच्छा कास्की होइन, अझै डोल्पानै

कास्की–२ बाट निर्वाचित तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि आगामी मंसिरमा उपचुनाव हुदैछ। 

गौतमले उक्त क्षेत्रमा अधिकारीकी श्रीमती विद्या भट्टराईलाई भुनाव लडाउन सुझाव दिएका छन्। यद्यपी सचिवलाय बैठकले औपचारिक कुनै निर्णय भने गरिसकेको छैन । गौतम आफैले इच्छा नदेखाएपछि कास्कीमा उनी चुनाव नलड्ने पक्का पक्की भएको नेकपा स्रोतको दावी छ। 

 Published Date: Saturday, 21st September 20:13:50 PM