सोमबार, चैत्र २४, २०७६

आजदेखि कञ्चनपुर बन्द फिर्ता

कञ्चनपुर, माघ १७ : सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका भौतिक संरचना भत्काउन माग गरि आह्वान गरिएको कञ्चनपुर बन्द आजदेखि फिर्ता भएको छ ।

आन्दोलनरत विद्यार्थी तथा युवा सङ्गठनहरूले आजदेखि बन्द फिर्ता लिएका हुन् । बुधबार साँझ स्थानीय प्रशासनसँग सहमति भएपछि बन्द फिर्ता लिइएको विद्याथी सङ्गठनले जनाएका छन् ।

बन्द फिर्ता भएसँग कञ्चनपुरको जनजीवन सामान्य बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधान चलेका छन् । विद्यालय, कलकारखाना र बजार पनि आज बिहानैदेखि खुलेका छन् ।

 

 Published Date: Thursday, 31st January 11:56:30 AM