सोमबार, चैत्र २४, २०७६

कञ्चनपुर बन्दले जनजीवन प्रभावित

कञ्चनपुर, माघ १६ : सरकारी जग्गामा बनेका भौतिक संरचना भत्काउन माग गर्दै विद्यार्थी तथा युवा संगठनहरुले आह्वान गरेको कञ्चनपुर बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

यस अघि महेन्द्रनगर विकास समितिले जमिन भाडामा दिएको थियो । जमिन भाडामा दिँदा अनियमितता भएको जनाउँदै विरोध हुँदै आएको छ । नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा बनेका भौतिक संरचना भत्काउन विद्यार्थी संगठनले माग गरेका छन् । उनीहरुले मंगलबारदेखि कञ्चनपुर बन्द गरेका छन् ।

नगर विकास समितिले गुरुयोजनाविपरित जग्गा भाडामा दिएको र त्यसमा सयौं भौतिक संरचना बनेकाले विरोध गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए ।

बन्दका कारण बिहानैदेखि महेन्द्रनगरबाट चल्ने छोटो तथा सानो दूरीका सवारी साधान ठप्प भएका छन् । बजार, शैक्षिक संस्था, उद्योग, कलकारखाना दुई दिनदेखि बन्द छन् । सवारी साधान नचल्दा सयौं यात्रु अलपत्र परेका छन् ।

 

 Published Date: Wednesday, 30th January 12:43:25 PM