सोमबार, असार २९, २०७७

नाली विवाद बढेपछि दुई देशका पदाधिकारी बीच वार्ता 

धनगढी, माघ ११ : नेपाल भारत सिमाको दशगजा क्षेत्रका भारतीय पक्षले एकलौटी रुपमा नाली खनेर सृर्जिएको विवाद समाधान गर्न दुई देशका पदाधिकारीबीच वार्ता भएको छ । 

कंचनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा पिल्लर न।१७१र१७३ सम्मको भु(भाग नेपाल ( भारत सिमाना नजिकै दशगजा क्षेत्रमा नेपाली पक्षलाई जानकारी नै नदिई नाली खनेपछि विवाद भएको थियो । 
केहिदिन अघिदेखि भारतीय पक्षले आफुखुशी नेपाली भुमि डुबान पर्नेगरी नाली निर्माण गर्दै तालबार लगाउन थालेपछि स्थानीयले विरोध गर्दै बिहिवार जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई जानकारी गराएको थियो। विवादित बनेको उक्त विषयलाई समाधान गर्न नेपाल ( भारतका सरोकारवाला निकायको बैठक शुक्रबार बसेपनी निष्कर्ष भने निस्किएन।

स्थानीयहरुले भारतीय वन विभागका कर्मचारीहरुले नेपाली प्रशासनलाई जानकारी नगराएरै दशगजामा नाली खनिरहेको र तारबार गरिरहेको बताए पनि  उनीहरु भने केन्द्र सरकार तथा भारतीय वन  विभागबाट नै सिमा क्षेत्रमा तारबार गर्नुपर्ने आदेश आएकाले सीमा पारी हुने वन्यजन्तुको चोरी सिकारी रोक्न, दुधुवा रास्ट्रीय निकुन्जमा आउन फोहोर रोक्न नाली ,डील खन्न र तारबार लगाउन खोजिएको भनेर ढिपी गरिरहेका छन्।

 शुक्रबार कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, सुरक्षा बल सशस्त्र प्रहरीका एसपी बिनोदराज श्रेष्ठ ,नेपाल प्रहरीका एसपी कुबेर कडायत र जिल्ला वन कार्यालयका डिएफु मोहनराज काफ्ले उक्त क्षेत्रको अवलोकनमा पुगेका थिए ।अवलोकनपछि कंचनपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिस्टले दशगजाको नजिकै पोल गाड्दै नाली खन्ने र डिल बनाउने बारे भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय कंञ्चनपुरसंग कुनै जानकारी नै नदिएको एकाएक नाली बनाएपछि मात्र जानकारी भएकोले आफुहरुले यस विषयलाई गम्भीर रूपमा लिएको र भारतीय पक्षसंग गहिरिएर छलफल गरि समस्या समाधान गरिने बताउनुभयो ।  सहायक प्रमुख जिल्ला अधिकारी बिस्टले दशगजा नजिक आएरै भारतीय पक्षलाई भेटी एकलौटी रूपमा काम अगाडी नबढाउन आग्रह गर्दै काम स्थगित गर्न लगाउनुभएको हो  ।

दशगजा अवलोकनपछि बसेको संयुक्त बैठकमा नेपालको तर्फबाट कंचनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिस्ट,सुरक्षा निकायका प्रमुख र वनका कर्मचारी तथा भारतीय पक्षबाट एसएसबीका इन्सपेक्टर अभय यादव,गौरीफन्टाका कोतवाल उमेशप्रशाद यादव, वन विभागका फरेस्टर द्वय शन्तकुमार त्रिपाठी र मनोजकुमार मौर्य वार्तामा सहभागी रहेका थिए ।आज निकास ननिस्किएपछी अर्को बैठकमा समस्या समाधान गर्ने भन्दै बैठक टुंग्ङिएको थियो।

भारतसंग सिमाना जोडिएका कैलाली र कंचनपुरका थुप्रै स्थानमा नेपाली र भारतीय पक्षबीच सिमाका विषयमा पटकपटक विवाद हुँदै आएको छ। केही महिना अघि मात्र सिमा समस्या समाधान गर्ने भन्दै कंचनपुर पुगेको नेपाल ( भारत सिमाविद तथा प्रबुद्ध समूहले बिचमै काम छोडेर गएका थिए।सिमा विवादकै कारण २०७३ साल फाल्गुनमा कंचनपुरको पुनर्वास क्षेत्रकै गोविन्द गौतमले ज्यान गुमाएका थिए । 
 

 Published Date: Friday, 25th January 21:49:31 PM