सोमबार, असार २२, २०७७

जिप दुर्घटनामा भारतीय नागरिककाे मृत्यु

डोटी, माघ १९ : अत्तरिया-स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा हिजाे राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार राति १२ बजे लु १ च २५०८ नं को जिप दुर्घटना हुँदा भारतको बरेली घर भएका ४२ वर्षीय बब्लुको मृत्यु भएको हाे ।

दुर्टटनामा डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँका १९ वर्षीय शङ्कर राणा र जिप चालक ५० वर्षीय सुवास प्रजापति घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करीब दुइ सय मिटर तल खसेका कारण मृतकको शव जिपभित्रै च्यापिएकाे छ । प्रहरी तथा स्थानीय वासिन्दाले निकाल्ने प्रयास गरिरहेकाे थापाले बताए ।

 Published Date: Saturday, 2nd February 11:08:48 AM