बिहीबार, चैत्र २७, २०७६

चट्याङले १७ घाइते, ८ गम्भीर

अछाम, माघ १० : अछामको पञ्चदेवल विनायक नगरपालिका ७ मा गए राति चट्याङ पर्दा १७ जना घाइते भएको अछाम प्रहरीले जनाएको छ । घाइतेमध्येमा आठ जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर गम्भीर घाइते हुनेमा ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल र  २२ वर्षीया भावना सुनार छन् ।

घाइतेहरूको गाउँमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले काठमाडौं प्रेसलाई बताए ।

गाउँमा बिजुलीको लाइन गाडिएको र अर्थिङ नगरिएकोले चट्याङ सोझै घरमा परेको हुनसक्ने शाहीको अनुमान छ ।

 Published Date: Thursday, 24th January 13:57:42 PM