बिहीबार, साउन १, २०७७

मानव सेवा आश्रम सञ्चालन

सुर्खेत, माघ १९ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध लक्ष्मी रेग्मीलाई प्रवेश गराएर उद्घाटन गरेका छन् । “कर्णाली प्रदेशको सबै काम सरकारबाट सम्भव छैनन्, निजी क्षेत्रको पनि आफ्नै भूमिका छ”, उनले भने, “सिङ्गो मानव जीवन र जगत्मा काम गर्ने निकाय सरकारका असल सहयोगी हुन् ।”

आश्रमका प्रमुख संरक्षक डा टण्डनले यस प्रदेशका सडकमा बेसहारा मानवमुक्त गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताए । उनले कर्णाली प्रदेशअन्तर्गत १२ जिल्लाका १४ स्थानमा आश्रम सञ्चालन गरिएको बताए ।

 Published Date: Saturday, 2nd February 11:14:05 AM