सोमबार, चैत्र २४, २०७६

प्रदेश राजधानीमा तरुण दलको प्रदर्शन

सुर्खेत, माघ १३ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गरेको छ ।

सरकारले अधिनायकवादी प्रवृति देखाएको भन्दै तरुण दलले देशव्यापी रुपमा विरोधका कार्यक्रम थालेको हो । प्रदेशका राजधानी केन्द्रीत विरोध कार्यक्रमअन्तर्गत माघ ८ मा प्रदेश १ को राजधानी विराटनगरबाट प्रदर्शन गरेको थियो ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले आज सुर्खेतमा प्रदर्शन भइरहेको बताए । शाहीका अनुसार तरुण दलको नेतृत्वमा भएको विरोध कार्यक्रममा नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र कांग्रेसका अन्य भातृसंगठनको पनि सहभागिता छ ।

विरोध कार्यक्रमअन्तर्गत भोलि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदर्शन गरिने छ ।

 Published Date: Sunday, 27th January 13:52:05 PM