सोमबार, असार २२, २०७७

कांग्रेस कर्णाली प्रदेश संसदीय दलले हावाहुरी प्रभावितलाई सहयोग गर्ने

| तस्वीर:फाइल फोटो

सुर्खेत, चैत  २०: नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश नम्बर २ का बारा र पर्साका हावाहुरी प्रभावित परिवारलाई राहत घोषणा गरेको छ।

संसदीय दलको कार्यालय प्रदेशसभा भवनमा बुधबार बसेको बैठकले दलका नेताको सात र प्रदेशसभा सदस्यहरुको चार दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो। कूल ४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका ६ जना प्रदेशसभा सदस्य छन्। संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश नम्बर २ का हावाहुरी पीडित परिवारलाई राहत घोषणाका लागि साझा प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

'सभामुखको नेतृत्वमा सदनमा राहत घोषणासम्बन्धी साझा प्रस्ताव ल्याऔँ, विपद्का बेला प्रदेश नं २ का बासिन्दाको भावनासँग जोडिऔँ भन्ने हाम्रो भनाइ थियो,' उनले भने,'सत्तारूढ दलले चासो देखाएन, सङ्ख्यात्मक रुपले हामी थोरै भए पनि तराईको पीडामा मल्हम लगाउने प्रयत्नस्वरुप राहत घोषणा गरेका हौँ।' रासस

 Published Date: Wednesday, 3rd April 18:56:50 PM