सोमबार, चैत्र २४, २०७६

डोजरले सडकको हिउँ पन्छाइदै

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित भुलभुलेमा डोजरले हिउँ पन्छाईदै । | तस्वीर: रासस

जुम्ला, माघ २२ : सडकमा जमेको हिउँ नपग्लिएपछि डोजर लगाउन थालिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको भुलभुलेमा डोजर लगाएर सडक खुलाउन लागिएको हो ।

भारी हिमपातका कारण नाग्म–गमगढी सडक दुई सातादेखि अवरुद्ध । मुगु सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको जनाएको छ ।

जसले गर्दा सडक खुलाउन डोजर चलाउन थालिएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । दुई दिनदेखि सडक डिभिजन कार्यालय जुम्लाको डोजरले हिउँ फालिदै छ । सडक खुल्न अझै दुई तीन दिन लाग्ने जनाएको छ ।

भुलभुलेलगायतको बिभिन्न ठाउँमा चार फिट बाक्लो हिउँ जमेको छ । हिउ पर्न छोडेपनि पग्लिएको छैन् ।

 Published Date: Tuesday, 5th February 10:33:02 AM