बुधबार, साउन २१, २०७७

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु

दाङ, असार ३० : दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिलाई रुखको हाँगा खसेर लाग्दा मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गरेका चौधरीलाई रुखको हाँगा भाँचिएर टाउकोमा लागेको थियो। हाँगाले चोट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
 

 Published Date: Tuesday, 14th July 11:45:16 AM