बुधबार, साउन २१, २०७७

चितवनमा खोलाले बगाएर एक जनाको  मृत्यु

| तस्वीर:सांकेतिक

भरतपुर, असार २७ :  चितवनमा माडीमा खोलाले बगाएर  एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। दुई दिनदेखि परेको वर्षातका कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा शनिबार उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा शव भेटिएको थियो। 

यस्तै, भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो।

सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ।

 Published Date: Saturday, 11th July 13:10:17 PM