बिहीबार, साउन १, २०७७

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यान, फागुन २८ : सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा १ त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो । उनीहरूको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ ।

 Published Date: Tuesday, 12th March 12:03:14 PM