बिहीबार, जेठ २२, २०७७

सांसद्को निधनमा प्रदेश सभा सचिवालय एक दिन बन्द

बुटबल, फागुन १० : सांसद्को निधनमा प्रदेश ५ को प्रदेश सभा सचिवालय एक दिन बन्द रहने भएको छ ।

सडक दुर्घटनमा घाइते भएका दाङ ३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको बिहीबार राति १ बजे उपचारका क्रममा निधन भएको हो । उनको निधनमा शोक मनाउँदै एक दिन प्रदेश सभा सचिवालय बन्द रहने प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले जनाएका छन् ।

उनले शुक्रबार शोक विज्ञप्ती जारी गरि प्रदेश सभा सदस्य वलीको निधनमा दुःख व्यक्त गरेका छन् । उनको निधनले अपूरणीय क्षति भएको सभामुख घर्तीले जनाएका छन् ।

सभामुख घर्तीले विज्ञप्तीमार्फत भनेका छन, ‘प्रदेश सभाको एक वर्षे कार्यकालमा वलीले प्रस्तुत गरेको भूमिका अत्यन्त प्रशंसा योग्य रहेको थियो । प्रदेश सभामा उहाँको अभिव्यक्ति र सहयोग सदा स्मरणमा रहने छ । उहाँको निधनले समाज र प्रदेश सभामा अपुरणीय क्षति पुगेको छ । वलीको निधनको यस दुखपूर्ण घडिमा माननीय वलीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सम्पूर्ण परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

 

 Published Date: Friday, 22nd February 12:08:01 PM