सोमबार, असोज १२, २०७७

जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु, नाै बिमारी

फाइल फोटो

पाल्पा, जेठ २६ : जङ्गली च्याउ खाँदा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवास,  सार्कीडाँडामा एक बालिकाको मृत्यु भएको छ भने नाै बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नौ वर्षीया निर्मलासिंह ठकुरीकाे मृत्यु भएको हाे।

जङ्गली च्याउ तरकारीका रुपमा खाँदा उनको मृत्यु भएको र अन्य नाै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलले बताए। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

जंगली च्याउँ खादा चार वर्षीय विष्णुसिंह ठकुरी, ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुरसिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ।

उनीहरू चार परिबारका सदस्य हुन्। बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका थिए। वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
बिरामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 Published Date: Sunday, 9th June 2019 4:34:05 am