सोमबार, जेठ १९, २०७७

ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको निधन

चितवन, माघ २५ : मालबहाक ट्रकले ठक्कर दिदा भरतपुरको सिताराम चोकमा श्रीमान–श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । 

भरतपूर महानगरपालिका  सिताराम चोकमा ना ४ ख ४९८२ नम्वरको ट्रकले ना ४२ प ४२३ को साईन मोटरसाईकललाई शुक्रबार दिउसो ठक्कर दिएको हो । मोटरसाईकलमा सवार भरतपुर १३ निवासि शूकदेव कोईराला र उनकी श्रीमतीको घटनास्थलमै मत्यु भएको छ । 

कोईराला स्थानिय निकायको चूनावमा भरतपुर महानगरपालिका वडा नम्वर १३ बाट नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्याशी थिए ।

 Published Date: Friday, 8th February 18:40:19 PM