सोमबार, असार २९, २०७७

पहिरोले पुरिएर दुई बेपत्ता

धादिङ, माघ १३ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराएका छन् ।

पहिरोले पुरिएर हिन्दुङका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराएका हुन् ।

गाउँ नजिकै जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि एकसय २० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

उनीहरुको खोजी र उद्धारमा स्थानीय बासिन्दा खटिएका छन् । तर, हिउँ नपग्लिएकाले उद्धार गर्न नसकिएको जनाएको छ । स्थानीय बासिन्दाले उनीहरुको उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

 Published Date: Sunday, 27th January 12:52:04 PM